क–कसले बेच्दैछ सांग्रिला डेभलपमेन्ट बैंकमा रहेको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ३४ हजार ८७४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
सस्थापक सेयरधनी शिव लाल भण्डारीले १२ हजार २०० कित्ता, गोबरर्धन ढकालले २८ हजार कित्ता, दिन बन्धु कुँवरले १३ हजार १५० कित्ता, गोबर्धन अधिकारीले २३ हजार कित्ता, ज्योति पाण्डेले २ हजार कित्ता र माधव प्रसाद मैनालीले ६९ हजार ७८५ कित्ता बिक्री गर्ने छन् । साथै, सुलोचना अधिकारीले ७ हजार २६६ कित्ता, अनिश पालिखेले २३ हजार ५०३ कित्ता, पवित्र लाल चुकेले १ लाख ५० हजार कित्ता र उमेश कुमार मुडभरीले ५ हजार ९७० कित्ता सेयर बिक्रीका लागि आवेदन दिएका हुन् ।
सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ८ गते) ले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।













