किसान लघुवित्तको सेयर किन्ने मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

किसान लघुवित्तको सेयर किन्ने मौका



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ६०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका चार जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ८ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय लम्कीचुहा ४ बलिया कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ मण्डीखाटार काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्