प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छः महासचिव गजुरेल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छः महासचिव गजुरेल



काठमाडौं । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन् ।

महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताएका हुन्। विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताए ।

उनले आम नेपाली उपभोक्ताले राष्ट्रिय हीतको लागि भएपनि सोच्नुपर्ने बेला आएको बताए। विश्व वजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरु आयात गर्ने देशले प्याज लगायातका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको उनको भनाइ रहेको थियो ।

कालोबजारी बढ्ने खतरा भएपनि अहिले व्यवसायीहरुले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गरे । बजारमा कृषिजन्य वस्तुहरुको मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस्