मेरो माइक्रोफाइनान्स लघुवित्तको सीइओमा पुनः रामहरि दाहाल नियुक्त
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रामहरि दाहाल नियुक्त गरेको छ ।
कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले दाहाललाई पुनः नियुक्त गरेको हो । उनलाई असोज १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
अब उनको कार्यकाल भदौ मसान्तमा सकिदैंछ ।














