प्राइम कमर्सियल बैंकको सीइओमा सञ्जिव मानन्धर नियुक्त
काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) सञ्जिव मानन्धरलाई नियुक्त गरेको छ । कम्पनीको भदौ ८ गते बसेको संचालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गरेको हो ।
मानन्धरले ऐनलाई दफा १२७ बमोजिम संचालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरी सकेका छन् ।
प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर पनि काम गरेका थिए ।
















