छुट्नु होला है ? चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (भदौ १० गते) अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन अनुमति पाएको हो । सो सेयरका लागि भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने भएका छन् ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ८० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
















