ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, विद्युत नियमन आयोगले दियो स्वीकृति
काठमाडौं । ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीलाई विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको हो ।
कम्पनीको कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । आयोगले सोही पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न कम्पनीलाई स्वीकृति दिएको हो ।
अब नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ ।













