अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले प्रिमियममा आइपीओ निष्कासन गर्ने
काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि भदौ ३१ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा साधारण सभा बोलाएको हो ।
सभा अनलाइन अर्थात, जुम मार्फत हुनेछ । सभामा आर्थिक वर्ष २०७८।७९ को नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।















