हकप्रद निष्कासन र संचालक चयन गर्ने प्रस्ताव सहित जोशी हाइड्रोपावरले बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हकप्रद निष्कासन र संचालक चयन गर्ने प्रस्ताव सहित जोशी हाइड्रोपावरले बोलायो साधारण सभा



काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८।७९ को वार्षिक साधारण सभा भदौ ३१ गतेका लागि बोलाएको छ । कम्पनीको भदौ ८ गते बसेको संचालक समितिको बैठकले लिसारा बैङक्यौट हल नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा बनाएको छ । कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूची रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।

साथै, संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना संचालकहरुको निर्वाचन गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने भएको हुदाँ भदौ १७ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्