अपि पावरको हकप्रदमा ७३ हजारले दिए आवेदन, कति कित्ता भयो माग ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरको हकप्रदमा ७३ हजारले दिए आवेदन, कति कित्ता भयो माग ?



काठमाडौं । अपि पावर कम्पनीको हकप्रदमा ५० करोड ९६ लाख ६८ हजार ३०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात भदौ १० गते साँझ ५ः०६ बजेसम्म ७३ हजार ७८७ जनाले ५० लाख ९६ हजार ६८३ कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले साउन ३१ गते देखि कम्पनीले ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

लगानीकर्ताले हकप्रद निष्कासनका लागि असार २२ गते बुक क्लोज गरी सकेको हुदाँ असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्