भोलिदेखि अरुण काबेली पावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन हुंदै
काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि अर्थात भदौ ११ गतेदेखि १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।
कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ । जसका लागि कम्पनीले असार २५ गते बुक क्लोज गरेको हुदाँ असार २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ ।साथै, हिमालयन र नबिल बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।













