प्रतिफल वितरणका लागि कुमारी क्यापिटलका दुई म्युचुअल फण्डले तोकेको बुकक्लोज मिति
काठमाडौं । क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले बुक क्लोज मिति तय गरेका छन्।
कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज तोकेका हुन् ।
प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ । कुमारी क्यापिटलले कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो ।
कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुका लागि कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।
फागुन १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।













