चालु पुँजी कर्जाको सीमा निर्धारण, बैंकले उत्पादनमुलक उद्योगलाई ३ करोडसम्म कर्जा दिन सक्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चालु पुँजी कर्जाको सीमा निर्धारण, बैंकले उत्पादनमुलक उद्योगलाई ३ करोडसम्म कर्जा दिन सक्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब उत्पादनमूलक उद्योगलाई ३ करोड रुपैयाँसम्म कर्जा दिन सक्ने भएका छन् ।

सोमबार नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ लाई संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार नै उत्पादनमूलक उद्योगलाई बैंक तथा वित्तीय संस्थाहरुले ३ करोड रुपैयाँसम्म कर्जा दिन सक्ने भएका हुन् । यसअघि भने १ करोड रुपैयाँसम्मको मात्रै सीमा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्