‘नाडा अटो शो २०२३’: १२० स्टलमा चार पाङ्ग्रे १६ वटा र दुई पाङ्ग्रे २२ ब्राण्ड रहने, के-के छन् आकर्षण ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘नाडा अटो शो २०२३’: १२० स्टलमा चार पाङ्ग्रे १६ वटा र दुई पाङ्ग्रे २२ ब्राण्ड रहने, के-के छन् आकर्षण ?



काठमाडौं । आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने ‘अटो शो २०२३’ सञ्चालन हुने भएको छ । ६ दिनसम्म चल्ने शोमा १२० वटा स्टल तथा ब्लकहरु रहनेछन् ।

सोमबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएका हो । सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको भव्य प्रदर्शनीको १५औं संस्करण टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित ‘नाडा अटो शो २०२३’ गर्न लागिएको हो । शो काठमाडौंको भृकुटीमण्डमा हुने छ ।

हाल विद्यमान बजार गुस्तताका बावजूद पनि प्रदर्शनीमा विभिन्न मोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिता रहने नाडाका अध्यक्ष ध्रुव थापाले बताए । हदसम्म अर्थतन्त्र चलायमान बनाउन र सुस्ताएको अटो व्यापार बढाउन योगदान पुग्ने उनको भनाई छ।

उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय वाण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्राण्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहने बताइएको छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइरी, २२ वटा बाण्डका दुई पाइने, ७ वटा ब्राण्डका नाइट कमर्शियल भेहिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने नाडाले जनाएको छ। नाडाका अनुसार वित्तिय सेवा, बिक्रिपछिका सेवा आदिका छुट्टा स्टलहरु रहने छन भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्ट माझा मिडिया स्टलको व्यवस्था गरिएको बताइएको छ।

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक समुचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–पक्ष समेत प्रदर्शनीमा रहने छ ।

उक्त विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डू मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यूटावरलगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने बताइएको छ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिडभाड कम गर्न भ्रमणलाई सहज बनाउन आजकै मितिदेखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको नाडाले जनाएको छ । आजै (भदौ ११ गते) देखि भदौ २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

उक्त शो लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने नाडाको विश्वास छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्थासमेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्