एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् ।

हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको ६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले तयारी गरेको छ । कम्पनीले अब नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्