माण्डु हाइड्रोपावरको आइपीओ भर्नेको ओइरो, माग भन्दा ४.५७ गुणा बढी आवेदन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माण्डु हाइड्रोपावरको आइपीओ भर्नेको ओइरो, माग भन्दा ४.५७ गुणा बढी आवेदन



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओमा दोस्रो दिनसम्म ४ लाख ९८ हजार ८०९ जनाले आवेदन दिएका छन् । सीडिएसका अनुसार आज अर्थात भदौ ११ गते साझ ५ः०६ बजेसम्म ५५ लाख १६ हजार ६४० कित्ताका लागि आवेदन परेको हो । सो आवेदन मार्फत १ अर्ब १३ करोड ६४ लाख २७ हजार ८४० रुपैयाँ संकलन भएको छ । जुन माग भन्दा ४.५७ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ १० गतेदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइपीओ बिक्री गरी बाँडफाँट समेत गरी सकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर कम्पनीले सर्वसाधारणमा विक्री गरेकोहो ।

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको हो ।बाँकी रहेको मध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिका लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सर्वधारणका लागि जारी गरेको हो ।आइपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ २४ गतेसम्म विक्री लम्बिनेछ ।


प्रतिक्रिया दिनुहोस्