हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन २२ गतेदेखि २९ गतेसम्म विक्रीमा ल्याएको अवितरित हकप्रद सेयर भदौ ८ गते बाँडफाँट गरेको हो ।

हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा १ः७५ अनुपातमा हकप्रद सेयर विक्री प्रक्रिया पुरा गरेको हो । सम्पूर्ण कित्ता हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्