बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति



काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगले अनुमति दिएको हो ।

हाल कायम रहेको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजारको आधारमा शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि आयोगले अनुमति पाएको हो । अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गर्नेछ ।

शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्