सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा संचालित २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज (भदौ १२ गते) अन्तिम दिन रहेको छ ।

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को लाभांश सुरक्षितको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । नगद लाभांश वितरणका लागि भदौ १३ गते बुक क्लोज गर्ने भएका हुन् ।

सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का इकाईधनीहरुलाई करसहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्नेे निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्