प्रतिकित्ता १०० रुपैयाँ मै नेसनल हाइड्रोपावरले १३ लाख ३६ हजार कित्ता सेयर लिलामीमा ल्याउने
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले भदौ १३ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो ।
जसका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
यसमा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले बिक्रीमा ल्याएको नबिकेको हकप्रद सेयर लिलामीमा ल्याउन लागेको हो ।
यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।














