हिमालयन लघुवित्तको संचालकमा विजयमान नकर्मी नियुक्त
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा विजयमान नकर्मीलाई नियुक्त गरेको छ ।
कम्पजीको संस्थापक सेयरधनी हिमालयन बैंकको तर्फबाट प्रतिनिधित्व हुने संचालक पद रिक्त रहेको हुदाँ उक्त स्थानमा नकर्मीलाई नियुक्त गरेको हो । उनलाई भदौ ११ गतेदेखि लागू हुने गरी संचालन नियुक्त गरेको कम्पनीले जनाएको छ ।















