हिमालयन क्यापिटलले बोलायो भदौ २७ गते विशेष साधारण सभा, के के छन् एजेण्डा ?
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विशेष साधारण सभा भदौ २७ गतेका लागि बोलाएको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
कम्पनीले सिभिल क्यापिटल मार्केटलाई गाभ्ने/प्राप्ति गर्ने सम्बन्धमा कम्पनीको संचालक समितिद्धारा नियुक्त सम्पत्ती, दायित्ज तथा कारोबार मुल्याङ्ककर्ताको नियुक्ति तथा निजको भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ती तथा दायित्व मुल्याङ्कन प्रतिवेदन तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने/प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न भइसकेको सम्पूर्ण कार्यहरुलाई पारित गर्नेछ ।
हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गर्ने प्रयोजनको लागि नियुक्त मुल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन बमोजिम सिफारिस गरिएको आधारमा संचालक समितिबाट अनुमोदन सेयर आदान प्रदान अनुपात १००ः३१ (अर्थात सिभिल क्यापिटल मार्केटको १०० कित्ता सेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता सेयर प्रदान गर्ने) को आधारमा सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।
















