मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र छाँया अस्पतालमा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले अर्घाखाँचीको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची” र “छाँया अस्पताल ”मा विशेष छुट पाउने भएका छन् ।
बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि. र “छाँया अस्पताल प्रा. लि ”सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँची को Accommodation & Food मा विशेष १० प्रतिशतसम्म र छाँया अस्पताल प्रा. लि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्थमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मिसेनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।













