मिथिला लघुवित्तको सेयर स्वामित्व परिमार्जन
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो ।
अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीका संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।
हाल नेप्सेमा कम्पनीको कुल १९ लाख ६० हजार २७ दशमलव ५६ कित्ता सेयर सूचीकृत छ ।

















