बाराही सेदीले साढे ११ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बाराही सेदीले साढे ११ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल



काठमाडौं । पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

अव कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासन अनुमतिका लागि आवेदन दिनेछ ।


प्रतिक्रिया दिनुहोस्