जीवन बीमा व्यवसायः नेपाल लाइफको अग्रता कायमै, दोस्रोमा संस्थान, हिमालयन र एलआइसीको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुको साउन महिनामा कुल बीमा शुल्क १९ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार साउनमा मात्र जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
साउनमा जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्क मार्फत १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ र प्रथम बीमा शुल्क मार्फत २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रता कायमै राखेको छ । साउनमा कम्पनीले ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, दोस्रो स्थानमा राष्ट्रिय बीमा सस्थानले ३ अर्ब ३४ करोड ३४ लाख, तेस्रो स्थानमा हिमालयन लाइफले १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ, चौथो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ, पाँचौ स्थानमा नेशनल लाइफले १ अर्ब ८० करोड ६८ लाख रुपैयाँ, छैटो स्थानमा सूर्यज्योति लाइफले १ अर्ब ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
साथै, कुल बीमा शुल्क आर्जन गर्नेमा क्रमशः एशियन लाइफको ८१ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ६६ करोड ८१ लाख रुपैयाँ, सिटिजन लाइफको ५७ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ५४ करोड ११ लाख रुपैयाँ, आइएमई लाइफको ५२ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २८ करोड ११ लाख रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
















