कामना सेवा विकास बैकका ग्राहकलाई हिमालयन जाभा कफीमा विशेष छुट
काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाडौं महानगरपालिका –२९ पुतलिसडक स्थित हिमालयन जाभा कफी ले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
.
















