महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । बुधबार महालक्ष्मी विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।
ऋणपत्र आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।














