दोहोरो अङ्कले बढ्यो जीवन बीमा व्यवसाय: नयाँ बिजेशनमा आइएमई एग्रेशिभ, एलआईसी, सिटिजन र सानिमा पनि अगाडि
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले एक महिनामै साढे १९ अर्ब बढीको व्यापार गरेका छन् । कम्पनीहरूको व्यापार दोहोरो अङ्कले वृद्धि भएको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले यस्तो देखाएको हो ।
सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले एक महिनामै १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको साउनको तुलनामा ३०.२१ प्रतिशत बढी हो । गत वर्षको साउनमा भने कम्पनीहरूले १५ अर्ब ५ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
साउनमा सबैभन्दा धेरै व्यापार नेपाल लाइफले नै गरेको छ । समीक्षा महिनामा कम्पनीले ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साउनमा कम्पनीले कुल २० हजार २७० वटा बीमालेख जारी गरेको छ। कुल व्यापारको आधारमा दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा सस्थानले ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रो स्थानमा हिमालयन लाइफले १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ, चौथो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ, पाँचौँ स्थानमा नेशनल लाइफले १ अर्ब ८० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छद ।
त्यसैगरि छैटो स्थानमा सूर्यज्योति लाइफले १ अर्ब ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, एशियन लाइफको ८१ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ६६ करोड ८१ लाख, सिटिजन लाइफको ५७ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ५४ करोड ११ लाख रुपैयाँ, आइएमई लाइफको ५२ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
यता, मेट लाइफले ४९ करोड २३ लाख, रिलायबल नेपाल लाइफले २८ करोड ११ लाख रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नयाँ बिजनेसमा आइएमईको छलाङ: एलआईसी र सानिमा रिलायन्स अगाडि
साउनमा जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ बराबरको नयाँ व्यापार भित्राएका छन् । नयाँ व्यवसाय अघिल्लो वर्षको साउनको तुलनामा भने ४.२७ प्रतिशतले मात्रै बढी हो ।
साउनमा नयाँ व्यवसाय विस्तारमा आइएमई लाइफ आक्रामक देखिएको छ । गत वर्षको तुलनामा आइएमईले नयाँ व्यवसाय ११०.५८ प्रतिशतले बढाएको छ । गत वर्षको साउनमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ मात्रैको नयाँ व्यवसाय गरेको थियो । तर, चालु आवको पहिलो महिनामा भने कम्पनीले १४ करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।
नयाँ व्यवसाय वृद्धिदरका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल दोस्रो स्थानमा छ । कम्पनीले गत वर्षका साउनको तुलनामा ४८.५९ प्रतिशतले वृद्धि गरी १६ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ।
तेस्रो स्थानमा रहेको सानिमा रिलायन्सले पनि नयाँ व्यवसाय ४३.४१ प्रतिशतले वृद्धि गरेको छ । साउनमा कम्पनीले ११ करोड ३३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, सिटिजन लाइफ पनि नयाँ विस्तारमा गति दिएको छ। साउनमा कम्पनीले २१.०५ प्रतिशतले बढाएर १४ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा बीमा शुल्क आर्जन गरेको छ।
रकमका आधारमा भने नेपाल लाइफ अगाडि छ । कम्पनीले ५६ करोड ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस्तै, दोस्रो स्थानमा नेशनल लाइफ छ । कम्पनीले समीक्षा महिनामा २४क रोड ३६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । तर, गत वर्षका साउनको तुलनामा भने १८.४५ प्रतिशतले घटेको हो
यस्तै, हिमालयन लाइफले पनि नयाँ व्यापार ११.५७ प्रतिशतले बढाएर २० करोड ६० लाख रुपैयाँ पुर्याएको छ । यता, सूर्यज्योति लाइफले पनि १९ करोड ६१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
साउनमा रिलायवल नेपालले १० करोड ९६ लाख, एशियनले १० करोड ३५ लाख, सन नेपालले १० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। यता, मेट लाइफले ९ करोड १४ लाख, प्रभु महालक्ष्मीले ६ करोड ८८ लाख र राष्ट्रिय बीमा संस्थाने ४ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
कुन कम्पनीको नयाँ व्यावसाय कति ?














