रेमिट हाइड्रोमा रोजगारीको अवसर
काठमाडौं । रेमिट हाइड्रो लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले जन सम्पर्क अधिकृत सातौं तहका लागि १ जना र सिभिल सब–इन्जिनियर तह पाँचौका लागि १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता जन सम्पर्क अधिकृतका लागि मानविकी वा सामाजिक विज्ञान वा सो सरहको विषयमा स्नातक उत्तीर्ण गरेको र जलविद्यु्त आयोजनामा कम्तीमा ४ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । त्यस्तै सिभिल इन्जिनियरिङका लागि सम्बन्धीत विषयमा ३ वर्षे डिप्लोमा तह उत्तीर्ण गरी निर्माण परियोजनामा १ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गते भित्र आवेदन दिन सकिनेछ ।
















