सानिमा बैंकले भोलि सार्वजनिक बिदाका दिन समेत सेवा दिने
काठमाडौं । सानिमा बैंकले भोलि अर्थात भदौ १४ गते सार्वजनिक बिदा दिन समेत सेवा प्रदान गर्ने भएको छ ।
सरकारले बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसमार देशभर सार्वजनिक बिदा दिएको छ । तर, बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सो दिन समेत सेवा प्रदान गर्ने भएको हो ।
बैंकले सातै प्रदेशका अधिकांश शाखा मार्फत भोलि बैंकिङ सेवा प्रदान गर्ने लागेको हो ।

















