सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अर्थतन्त्र समस्यामाः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बुधवार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताए ।
उनले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या आएको बताए । सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताए । सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।
‘मुलुकको अर्थतन्त्र ज्यादै जटिल अवस्थामा छ । सरकारको नीतिगत कारणबाट वा कोभिडको कारण वा विश्वव्यापी समस्याको कारण अथवा श्रीलंकाको डर देखाएर बनाएको नीतिको कारण अर्थतन्त्र आजको अवस्थामा आएको छ’ उनले भने, ‘सरकार र नियमक निकायहरुले लिने नीतिहरुमा निजी क्षेत्रले गर्न हुँदैन भन्दा भन्दै पनि आयात प्रतिवन्ध लगायत लगाउने काम भयो ।’
















