नेपालमै पहिलोपटक ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श हुँदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपालमै पहिलोपटक ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श हुँदै



काठमाडौं । बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’हुने भएको छ । बैंकिङ्ग समाचार डट कम र बीमा प्राधिकरणको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।

सो कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा.प्रकाशशरण महतद्धारा गरिने भएको हो । नेपाल लाइफ इन्स्योरेन्सद्धारा प्रायोजित यस कार्यक्रम भदौँ १८ गते सोमवार काठमाडौंस्थीत सोल्टी होटलमा हुने भएको हो ।

के हो ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ कार्यक्रम ?
मुख्यतः ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ कार्यक्रममा बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य, निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू, नेपालमा जीवन बीमा कम्पनीहरूको प्रभाव, नेपालमा बीमा कम्पनीहरुको सचेतना र डिजिटलाइजेशन विषय वस्तुमा मुख्य ४ शिर्षकमा मुलभुत छलफल हुनेछ ।

द नेशलन इन्स्योरेन्स डिस्कोर्शमार्फत बीमा क्षेत्रको वर्तमान अवस्था, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, बीमा क्षेत्रमा डिजिटलाइजेशनको आवश्यकता, बीमा क्षेत्रका यथार्थ र मिथकहरु, बीमा क्षेत्रमा नितिगत व्यवस्थामा हेरबीचार, विदेशी बीमा कम्पनीहरुबाट हामीले के सिक्न सक्छौँ र विकसित मुलुकहरुले बीमालाई अर्थतन्त्रको मुख्य पाटो बनाएर कसरी अनुसरण गरेका छन भन्ने मुलुभुत विषयमा गहन छलफल हुनेछ । बीमा भनेको मानिसको जीवनको एक अभिन्न अंगको रुपमा रहेको यथार्थलाई ओकालत गर्ने र यस क्षेत्रसँग जोडिएका विभिन्न आयाम, चुनौती, सचेतना तथा प्रविधि लगायतका विषयहरुमा विषयहरुमा हुने बृहत परिसंवादले बीमा क्षेत्रका अभुतपूर्व समस्याका चुनौतीहरु समाधान, तर्क र तथ्य सहितका जवाफहरुमार्फत अर्थतन्त्रमा नयाँ मार्गदिशा तय गर्ने मुख्य अपेक्षा रहेको छ ।

नेपालमा बीमा व्यवसाय शुरुवात भएको ५ दशकभन्दा लामो समय भइसक्दा पनि बीमा फाईदा नभई सुरक्षा हो भन्ने मुल शिक्षा जनमानसले बुझिरहेका छैनन्। कोभिड–१९ को संक्रमण, विगतमा आएको विनासकारी भूकम्पले बीमा नहुँदा सरकारकै ठुलो धनको क्षती हुन पुग्यो । फलस्वरूप यस्तो अवस्थामा बीमाको महत्वलाई बुझेर उचित समयमा बीमा गरेको भए त्यती धेरै आर्थिक क्षेती हुने थिएन । यसै परिपेक्षलाई ध्यानकेन्द्रित गर्दै बैंकिङ्ग समाचारको पहलबाट ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ को आयोजना गर्न लागेको हो । कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महत, बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल लगायत अन्य प्रेरक व्यक्तीहरु र संचारकर्मीहरुको उपस्थित हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्