छुट्नु होला है ? हिमालयन क्यापिटल ‘म्युचुअल फण्ड’ मा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

छुट्नु होला है ? हिमालयन क्यापिटल ‘म्युचुअल फण्ड’ मा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । हिमालयन क्यापिटलले निष्काशन गरेको म्युचुअल फण्डमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखि क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो ।

यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।

यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्