कोशी प्रदेश सरकारबिरुद्धको मुद्दाको सुनुवाई आज हुंदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कोशी प्रदेश सरकारबिरुद्धको मुद्दाको सुनुवाई आज हुंदै



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’बिरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज (शुक्रवार) अन्तिम सुनुवाइ हुदैंछ ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमाथि शुक्रवार पूर्ण सुनुवाइ गर्नेगरी यसअघि नै पेसी तोकि सकिएको छ ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्