नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी
काठमाडौं । नेपाल बैंकले स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारीलाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ १३ गते पद तथा गोपनियताको शपथ ग्रहण समेत गरी सकेका छन् ।

















