सिद्धार्थ बैंकको सेयर खरिद गर्ने हो ? आजदेखि ३ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित भएको मिति (भदौ १७ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापकलाई प्राथमिकता दिदैं सेयर बिक्री गरेकोमा कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संस्थालाई बिक्री खुला गरेको हो ।













