जानकी फाइनान्सको ५० हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । जानकी फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीका संस्थापक सेयरधनी बिनोद कुमार साहले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ १७ गते) ले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
















