डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल तिर्न उद्योगी व्यवसायीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल तिर्न उद्योगी व्यवसायीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र टं«क लाइनको बक्यौता महसुल तिर्न उद्योगीलाई १५ दिने अल्टिमेटम दिएको छ।

प्राधिकरणले एक सूचना निकाल्दै डेडिकेटेड ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगी व्यवसायीलाई १५ दिन भित्र सो महसुल बुझाउन भनेको हो ।

तोकिएको समयमा सो बक्यौता रकम नबुझाएमा विद्युतको लाइन काटिने प्राधिकरणले जनाएको छ । डेडिकेटेड र टं«क लाइनको सुविधा लिएका उद्योगीहरुले २० अर्ब माथि बक्यौता रहेको प्राधिकरणको दावी छ।

सो बक्यौता बुझाउनका लागि पटक पटक उद्योगी व्यवसायीलाई पत्राचार गरेको प्राधिकरणले जनाएको छ । तर, पनि हालसम्म पनि बक्यौता महसुल नबुझाएकाले उद्योगी व्यवसायीहरुलाई १५ दिने अल्टिमेटम दिएको हो ।

तोकिएको समयभित्र बक्यौता महसुल नबुझाएमा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारवाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्