महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालको तेस्रो जित, भुटानलाई तीन विकेटले हरायो
काठमाण्डौ । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । लगातार तेस्रो जितकासाथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।
जितको लागि नेपालले ४० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेटाएको हो । नेपालका कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहिन् । कविता जोशी ९ रनमा आउट भइन् । सीता रानामगरले ८ तथा पूजा महतोले बलमा ३ रन जोडिन् ।
भुटानका कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनुबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालका पूजा महतोले ३ तथा कविता कुँवर, खुसी डङ्गोल र कप्तान रुविना क्षेत्रीले समान एकःएक विकेट लिए । नेपालले भोलि कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ ।
















