नगदसहित जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नगदसहित जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ



काठमाडौं । भिमाद नगरपालिका २ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्