नेपालमा सुरु भयो जिडब्लूएमको ईलेक्ट्रिक गाडी 'ओरा ०३ ईभी' बिक्री - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपालमा सुरु भयो जिडब्लूएमको ईलेक्ट्रिक गाडी ‘ओरा ०३ ईभी’ बिक्री



काठमाडौं । भिजी ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारी साधनको आधिकारिक वितरकले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ ।

कम्पनीले ओरा ०३ को लागि गत जेठ ३ गते बुकिङ खुला गरेको थियो । बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् । ओरा ०३ मा ४८ किलोवाट प्रतिघण्टाको ब्याट्रीको साथ 400 केएमएस को प्रभावशाली ड्राइभिङ्ग रेन्ज रहेको छ ।

सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक हो जसले एनक्याप र यूरोएनक्याप दुवैमा फाईभ–स्टार प्राप्त गरेको छ, जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ ।

ओरा ०३ मा सीक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।


प्रतिक्रिया दिनुहोस्