भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट: तपाईलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार अर्थात भदौ १८ गते बिहान ९ बजे बाँडफाँट भएको हो ।
आइपीओमा १३ लाखको हात रित्तो भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ८८ हजार ११५ जनाले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१।४८ गुणा बढी आवेदन हो ।
जसमा ७१ हजार २२२ जनाले मात्र १०।१० कित्ताका दरले सेयर हात गरेका छन्। बाँकी १३ लाख १६ हजार भन्दा बढीको हात रित्तो भएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको थियो । जसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन खुला गरेको थियो । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्ने सकिनेछ
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/
मेरो सेयर एप: https://meroshare.cdsc.com.np/#/login
कम्पनीको बेवसाइट: https://bhagawatihydro.com.np/













