सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । फण्डले भदौ १९ गते बुकक्लोज गर्ने हुदाँ भदौ १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । फण्डलेले आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । फण्डको योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।












