माई खोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, असोज ९ गते बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माई खोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, असोज ९ गते बोलायो साधारण सभा



काठमाडौं । माई खोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारितका लागि असोज ९ गते साधाराण सभा बोलाएको छ । सभा काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा बस्नेछ ।

सभाले हाल कायम चुक्तापूँजीको सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा बनाएको छ । कम्पनीको चुक्तापूँजी ३१ करोड २१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सभाले हकप्रद बाहेक आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिकको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १ गतेलाई बुक क्लोज गर्ने भएको हुदाँ भदौ ३१ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्