प्रकाश सापकोटा प्यानलले गर्यो एनटिभिए नेतृत्वका लागि उम्मेदवारी दर्ता, को को छन् टिममा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रकाश सापकोटा प्यानलले गर्यो एनटिभिए नेतृत्वका लागि उम्मेदवारी दर्ता, को को छन् टिममा ?



काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को अध्यक्ष पदका प्रत्याशी प्रकाश सापकोटाको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । भोलि अर्थात भदौ १९ गते हुने निर्वाचनका लागी सापकोटाको नेतृत्वले प्यानलले सहित उम्मेदवारी दर्ता गराएका हुन् ।

सापकोटा माउण्टेन बुद्ध टुर्स एण्ड ट्रान्सपोर्ट प्रा.लि.का प्रबन्ध निर्देशक हुन । उननको प्यानलको बरिष्ठ उपाध्यक्षमा भरत प्रसाद तिमल्सिना, उपाध्यक्षमा अञ्जन महर्जन, महासचिवमा अनिल मोक्तान, सचिवमा प्रमोद प्रसाद अर्याल र कोषाध्यक्षमा राम कुमार बस्नेत छन् ।

त्यस्तै, सदस्यहरूमा बाजिराम घिमिरे, इन्द्र बहादुर पाठक, सुदिन महत लगायतको उम्मेदवारी दर्ता भएको छ । संघको साधारण सभा भदौ २२ गते हुनेछ । निर्वाचन भने भदौ १९ गतेका लागि तय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्