गरिमा क्यापिटलको 'गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता', नगद पुरस्कार जित्ने मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गरिमा क्यापिटलको ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’, नगद पुरस्कार जित्ने मौका



काठममाडौं । हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गर्ने भएको छ ।

गरिमा क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भदौ १७ गते देखि असोज ५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो ।

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि नियम तथा सर्तहरु लागू गरेको छ ।
-इच्छुक सम्पूर्ण महानुभावहरुले यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ ।
-सहभागीहरुले परम्परागत पोशाकमा लिनुभएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “Mentions” मा पोष्ट गर्नुपर्नेछ ।
-फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः
#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited
-सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी निम्नानुसार नगद उपहार प्रदान गरिनेछ :
– प्रथम – रु ३०००
– द्वितीय – रु २,०००
– तृतीय – रु १,०००

यस प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिने कम्पनीले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्