१०१ रुपैयाँ मै कुमारी बैंकको सेयर सर्वसाधारणले किन्ने मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१०१ रुपैयाँ मै कुमारी बैंकको सेयर सर्वसाधारणले किन्ने मौका



काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोहि व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवश्यक काजगात संकलन गरी बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्