साङ्गे विद्युत कम्पनीले आइपीओ निष्कासन गर्ने
काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि प असोज ९ गते कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि अनलाइन मार्फत बस्ने गरी साधारण सभा बोलाएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को नगद लाभांश (कर सहित) वितरण गर्ने सम्बन्धमा पनि प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ र २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले भदौ २६ गते बुक क्लोज गर्ने भएको छ ।
















