श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बैंकिङ कारोबार चार दिन बन्द हुने, यस्तो छ कारण
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बैंकिङ कारोबार केहि दिनका लागि बन्द हुने भएको छ । कम्पनीले कोर बैंकिङ सिस्टम प्रतिस्थापना गर्नु पर्ने भएकाले भदौ २० गते दिन विहान ८ बजेदेखि भदौ २३ गते शनिवार राती १२ बजेसम्म कारोबार बन्द हुने जनाएको हो।
आफ्नो सेवालाई अझ परिस्कृत गर्नका लागि कम्पनीले कोर बैंकिङ सिष्टम प्रतिस्थापन गर्न बताएको छ । डाटा माइग्रेसनपश्चात् ग्राहकहरूको नयाँ खाता नम्बर कायम हुने र सोही नम्बरबाट साविक बमोजिम कारोबार गर्न सकिने भनाई कम्पनीको छ ।















